अत्याधिक भार बोक्ने ८५ वटा ट्रिप्परलाई कारवाही

१२ मंसिर, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अत्याधिक भार बोक्ने ८५ वटा ट्रिप्परलाई कार्वाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरल विभिन्न स्थानमा बिहिबार ट्रिप्पर चेकजाँचमा कडाई गरीएको थियो । हेटाँैडा १५ रातोमाटेमा रहेको रिद्ध सिद्धी सिमेन्टको ढुङगा बोकेको ८५ वटा ट्रिप्परलाई ट्राफिक प्रहरीले कार्वाही गरेको हो । प्रहरीले ७५ वटा ट्रिप्परको बढी भार घटाएर छोडेको र १० वटालाई ट्राफिक जरिवाना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । क्षमता भन्दा बढी र ट्रिप्प्रको ढाला भन्दा माथी सम्म ढुङगा राखेर लयाईएपछि ट्राफिक प्रहरीले कार्वाही गरेको हो । ट्राफिक प्रहरीले पटक पटक चेकजाँच र कार्वाही गर्दा समेत रिद्धी सिद्धी सिमेन्टको ढुङगा बोक्ने ट्रिप्परले मनलाग्दी रुपमा ट्रफिक नियम विपरित अत्याधिक भार बोकिरहेका छन् । क्षमता भन्दा बढी भारबोक्ने सवारीकै कारण सडक समेत बिग्रदै गएको छ । जसका कारण राजमार्गमा दैनिक जसो दुर्घटना भैरहेका छन् । प्रहरीले जरिवाना मात्र गराएर छोड्ने परिपाटीले ट्रिप्परको मनोमानी चलिरहेकै थियो तर ट्राफिक नियम विपरित अत्याधिक भार बोक्ने ट्रिप्परलाई प्रहरीले कडाई गर्न थालेको छ । जरिवाना मात्र नभई बढी भएको लोड घटाएर मात्रै जान दिने निति सहित अगााडी बढ्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश पाण्डेले बताउनुभयो ।