गत वर्षको तुलनामा यस वर्ष जुवातासमा पक्राउ पर्नेको संङख्या बढ्यो

२१ मंसिर, हेटौंडा । मकवानपुरमा गत वर्षको तुलनामा यस वर्ष जुवातासमा पक्राउ पर्नेको संङख्या बढेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५÷७६ मा २१ पुरुष पक्राउ परेका थिए । भने प्रहरीले जुवाखालबाट २ लाख ९९ हजार ५ सय १० रुपैयाँ बरामद गरेको थियो । यस्तै प्रहरीले २०७६÷०७७ मा १६ जना पुरुष र एक महिलालाई पक्राउ गरी एकलाख ७६ हजार रुपैयाँ बरामद गरेको थियो । मकवानपुर प्रहरीले यस आर्थिकवर्षको पहिलो चौमासिकमा मात्र ३८ जना पुरुषलाई पक्राउ गरी ५ लाख ४८ हजार ४ सय ५५ रुपैँया बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक ईन्द« बहादुर रानाले बताउनुभयो । जुवातासमा मोटो रकम हारजित हुने भएकाले समाजमा अपराध र भ्रष्टाचारका धटना बढ्दै गएका छन् ।