तिनै तहका सरकारले राम्रो काम गरे संघीयता बलियो हुन्छः नेता बानिंया

२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले तिनै तहका सरकारले राम्रो काम गरे संघीयता बलियो हुने बताउनुभएको छ ।
भुमि सम्बन्धी समस्या समाधान आयोगले बिहिबार हेटौंडामा गरेको कार्यक्रममा बोल्दै सबै तहले अहिले जनताको अपेक्षा अनुसार काम गर्न नसकेका कारण संघीयताबारे जनतामा वितृष्णा पैदा हुन थालेको बताउनुभयो ।उहाँले जनप्रतिनिधिहरु आफ्नो कामबाट बिचलित भएमा गणतन्त्र बिरोधीहरु सक्रिय हुन सक्ने बताउनुभयो । जनताको छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री बन्ने व्यवस्था राजनैतिक दल र जनताले नै लडेर ल्याएको बताउँदै उनले यसको संरक्षण गर्न राजनीतीक दल र जनताको दायित्व रहेको बताउनुभयो ।