सरकारलाई कमजोर बनाउन सडकमा मानिस उतार्ने काम भयोः मुख्यमन्त्री पौडेल

२५ मंसिर, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले अहिले सडक सडकमा सरकार बिरोधीहरुले नारा लगाएर सरकारलाई कमजोर बनाउन खोजेको बताउनुभएको छ ।
बिहिबार हेटाँैडामा आयोजित भुमि सम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारी बीच हुने समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले हाल सरकारलाई कमजोर बनाउन सडकमा मानिस उतार्ने तत्वहरु सक्रिय भएको दावी गर्नुभयो । सरकार जनताको पीरमर्का बुझ्दै जनताको समस्या समाधान गर्न दत्तचीत्त भएर लाग्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । तीनै तहका सरकारबिच समन्वय भएमामात्र सरकारका कामले गतिलिने मुख्यमन्त्री पौडेलले बताउनुभयो । यस्तै भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले किसान र भूमिहीनको समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयमा कार्यबिधि निर्माण गरेर लगत संकलन गर्न स्थानिय सरकारलाई जिम्मेवारी दिएको बताउनुभयो । भुमि सम्बन्धी समस्या समाधान आयोगको आयोजना र बागमती प्रदेश भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा भएको समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका ९ जिल्लाका २८ स्थानीयतहका प्रमुख,उपप्रमुख र प्रशासकीय अधिकृतको सहभागीता थियो ।