अस्थाई शिक्षकहरुको समस्या सरकारले सम्बोधन गर्न सकेनः बिस्थापित शिक्षकहरु

२७ मंसिर, हेटौंडा । लामो समय शिक्षा क्षेत्रमा क्रियाशिल रहेका अस्थाई शिक्षकहरुको समस्या सरकारले सम्बोधन गर्न नसकेको बिस्थापित शिक्षकहरुले बताएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दे बिस्थापित अस्थाई शिक्षक संर्घस समिति मकवानपुरका अध्यक्ष काजिराम मोक्तानले सरकारले एक घर एक रोजगारको नारा लगाईरहदा आफुहरु रोजगारीबाटै बिस्थापित हनुपरेको बताउनुभयो ।उहाँले लामोसमय शिक्षा क्षेत्रमा योगदान गरेका अस्थाई शिक्षकहरुको सरकारले रोजिरोटी खोसेको भन्दै रोजगारीको अवसर सिर्जना गरीदिन सरकार संग माग गर्नुभएको छ । सरकारले २०७६ बैशाख देखी अस्थाई सिक्षकहरुको करार अवधि समाप्त गरेको थियो ।करार अवधि समाप्त भएपछि अस्थाई शिक्षकहरु रोजगारी मुक्त भएका थिए ।हाल मकवानपुरमा एक सय ६२ अस्थाई शिक्षक बिस्थापित भएका छन् भने ४२जना शिक्षकरु अन्य पेशामा आबद्ध भैसकेका छन् ।