हेटौंडामा गर्ने विरोध कार्यक्रमको सम्पूर्ण तयारीः नेता बाँनिया

२८ मंसिर, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले भोली हेटौंडामा गर्ने विरोध कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापती इन्द्रबहादुर बाँनियाले बताउनुभएको छ ।
हेटौंडामा आइतबार प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बाँनियाले सरकारले बोलीमा लोकतान्त्रिक गणतन्त्रलाई स्विकार गरेको भएपनि व्यवहारमा देखाउन नसकेको नेता बाँनियाले बताउनुभयो । राजाका नाममा सडकमा रमिता देखाउने वा लोकतान्त्रको विरुद्धमा व्यवहार देखाउँने सरकार होस उनीहरुको भण्डाफोर गर्ने नेता बाँनियाले बताउनुभयो । बिरोध कार्यत्रममा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना लगायतले सम्बोधन गर्ने नेता बानियाले बताउनुभयो ।