कम्युनिष्ट सरकारले एकलौटि शासन गर्न खोज्योः देउवा

२९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले एकदलिय शासन व्यवस्था लागू गर्न खोजेको बताउनुभएको छ ।
नेपाली कांग्रेसले देशब्यापी रुपमा गरेको प्रर्दशनमा सोमबार हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्दे सभापति देउवाले कम्युनिष्ट सरकारले एकलौटि शासन गर्न खोजेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीकै कारण देशमा राजावादीहरु सलबलाएको दाबी गर्नुभयो । यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरूलाई नजिस्क्याउन आग्रह गर्नुभएको छ । कांग्रेसलाई बाघको संज्ञा दिँदै उहाँले सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न आग्रह गर्नुभएको हो । कोरोना सङ्क्रमण नियन्त्रण भन्दा पार्टि र कुर्सिको लडाइमा सरकार फसेको कांग्रेसले आरोप लगाएको छ ।