बालमैत्री गाँउपालिका घोषणा गर्न सबै क्षैत्रको उत्तिकै आवश्यकः अध्यक्ष लामा

३० मंसिर, हेटौंडा । बालमैत्री स्थानिय तह नितिगत अबलम्बन गाँउपालिका स्तरीय २ दिने अभिमुखिकरण कार्यक्रम मंगलबारबाट भिमफेदीमा सुरु भएको छ ।
गाँउपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको हो ।कार्यक्रममा बोल्दै अध्यक्ष लामाले बालमैत्री स्थानिाय तह घोषण गर्न पुरा गर्नुपर्ने ३९ ओटा सुचको वडा तहबाटै अध्ययन गर्नुपर्ने बताउनुभयो ।उहाँँले बालमैत्री गाँउपालिका घोषण गर्न सबै क्षैत्रको उत्तिकै सहयोग आवश्यक पर्ने बताउनुभयो । गाँउपालिकाले छिट्टै सुचकहरु पुरा गरी बालमैत्री गाँउपालिका घोषणा गर्ने बताउनुभयो । यस्तै गाँउपालिकाकाकी उपाध्यक्ष पावर्ति रानाले गाँउपालिकामा बालबिवाहको ठुलो समस्या रहेको भन्दै बालबिवाह अन्त्य गर्नु मुख्य चुनौती रहेको बताउनुभयो ।उहाँले बालबिवाका घटना रोक्न गाँउपालिका सक्रिय भएको समेत बताउनुभयो ।सबै क्षेत्रको सहयोग भएमा बालमैत्री स्थानिय तह घोषण गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा विष्णु प्रसाद चर्तुवेदीले गाँउपालिकाका शिक्षा स्वास्थ शाखा लगाएत सरोकारवालाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।