बालमैत्री स्थानिय तह नितिगत अबलम्बन गाँउपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

१ पुस, हेटौंडा । बालमैत्री स्थानिय तह नितिगत अबलम्बन गाँउपालिका स्तरीय २ दिने अभिमुखिकरण कार्यक्रम बुधबार भिमफेदीमा सम्पन्न भएको छ ।
गाँउपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको हो ।कार्यक्रममा बोल्दै अध्यक्ष लामाले बालमैत्री स्थानिाय तह घोषण गर्न पुरा गर्नुपर्ने ३९ ओटा सुचको वडा तहबाटै अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँँले दुई दिनको कार्यक्रममा आफुले सिकेको सिकाईलाई ब्यबहारमा उतार्नुपर्ने बताउनुभयो । यस्तै गाँउपालिकाकाकी उपाध्यक्ष पावर्ति रानाले अब विभिन्न विषयगत शाखाहरुका प्रमुखहरु र सरोकारवालाहरुलाई यस महाअभियानमा मेहेनतका साथ लाग्न अपिल गर्नुभयो ।कार्यक्रममा गाँउपालिका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत लगाएत सम्पुर्ण सहभागीहरुले बालमैत्री स्थानिय तह घोषण गर्न पुरा गर्नुपर्ने सुचकहरुको अध्ययन गरी कार्यान्वयनमा तहमा लैजाने प्रतिबद्धता ब्यतm गरेका थिए ।