मानव सेवा आश्रममा हाल देशभर हाल ११ सय जना आश्रित

१ पुस, हेटौंडा । सहयोगापेक्षी सडकमानवहरुको संरक्षण गर्दे आएको मानव सेवा आश्रममा हाल देशभर हाल ११ सय जना आश्रित रहेको मानवसेवा आश्रमको मुख्य कार्यालय हेटाँैडाले जनाएको छ ।
२०६९ भदौमा मकवानपुरको हेटौंडाबाट सुरु भएको मानव सेवा आश्रमलाई हाल सातवटै प्रदेशका १४ जिल्लामा विस्तार गरिएको छ । आगामी डेढ वर्ष भित्र सडक मानव मुक्त देश बनाउने लक्षय लिएको मानव सेवा आश्रमले सडक मानबहरुको उद्धार, संरक्षण र पारिवारिक पुन मिलन गर्दे आएको छ । हालसम्म देशभर ४ हजार ५ सय मानिसहरुको उद्धार गरेको मानव सेवा आश्रम हेटाँैडाका अभियन्ता होमनाथ पौडेलले बताउनुभयो ।आश्रमले २ हजार ५ सय जनको उद्धार गरी पारिवारिक पुनमिलन गराएको छ । भने ४ सय जना आश्रममा सेवा लिने क्रममा दिवग्त भएको अभियन्ता पौडेलले बताउनुभयो ।तिनै तहका सरकार, विभिन्न संघ सस्था , र सहयेगी हातहरुको सहयोगमा देशैभर मानव सेवा आश्रम आश्रम संञ्चालन भैरहेको छ ।