सडकको स्तरोन्नतिको कार्य समयमै सम्पन्न हुन्छः उपाध्यक्ष राना

१ पुस, हेटौंडा । मदन भण्डारी मार्ग अन्तर्गतको भैसे–भीमफेदी सडकको स्तरोन्नतिको कार्य समयमै सम्पन्न गर्नेगरी काम भैरहेको भिमफेदी गाँउपालिकाकी उपाध्यक्ष पार्वति रानाले बताउनुभयो ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेटको ब्यबस्था गरेपछि सो सडको स्तरोन्नतीको काम सुरु भएको हो । सडक स्तरोन्नती कार्यको सुभारम्मभ भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले गत कार्तिक २५ गते गर्नुभएको थियो तत्कालिन राणाकालमा काठमाडौंबाट चित्लाङ्हुँदै भीमफेदीहुँदै तराई आउने मूलबाटोको रुपमा रहेको सो सडकको कूल ३८ करोड ७८ लाख ८ सय ९७ रुपैयाको लागतमा आशिष एण्ड डिएस जेभी ठेकेदार कम्पनी संग स्तरोन्नतिको ठेक्का सम्झौता भएको हो । करीब ११ दशमलब ५ किलोमिटर सडककोे केन्द्रबिन्दूबाट दायाँबायाँ १० ÷१० मिटर चौडाई बनाईने भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाले बताउनुभयो ।स्तरोन्नति गरिने क्षेत्रमा केही निजी घरटहरा पनि रहेकोले त्यसको व्यवस्थापन गर्दै निर्माण कार्य गरिने उहाँले बताउनुभयो ।स्तरोन्नति कार्य आशिष एण्ड डिएस जेभी ठेकेदार कम्पनीले आगामी २०७९ सालको आषाढ मसान्त सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका छन् ।