हेटौँडा–६ मा निर्माणधिन सिटीभीटीको संरचना निर्माणमा स्थानीयको विरोध

३ पुस, हेटौंडा । भारतीय सरकारको सहयोगमा हेटौँडा–६ मा निर्माणधिन रहेको सिटीभीटीको संरचना स्लाब ढलान गरिएको बाटो भत्काएर गरिएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।
स्थानीयले बर्षौदेखि प्रयोग गर्दै आएको स्लबा ढलान बाटो स्थानीयको सहमती नलीई भत्काईएको उनीहरुले बताए । सांसद विकास कोष र हेटौंडा उपमहनगरपालिकाको सहयोगमा एक करोड बजेटबाट बाटो निर्माण गरिएको स्थानीयको भनाई छ । स्थानीयले रेडक्रस भवनका लागि खाली राखेको सार्वजनिक जग्गा र केही स्थानीयको नम्बरी जग्गा समेत पर्नेगरी बाटो भत्काएर सिटीभीटीले निर्माण थालेपछि स्थानीय बासिन्दाले निर्माण कार्य रोक्न आग्रह गरिरहेका छन् । आफ्ना माग पूरा नगरे संर्घषमा उत्रने स्थानीयले चेतावनी दिएका छन् ।