युवा बचतको १४ औं वार्षिक साधारणसभा सुरु

४ पुस, हेटौंडा । हेटौंडा २ स्थित युवा बचत तथा ऋण सहकारी सस्थाको १४ औ वार्षिक साधारण सभा शनिबार बाट हेटौंडामा सुरु भएको छ ।
संस्थाका अध्यक्ष राजु गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बचत संघ मकवानपुरकी कोषाध्यक्ष बिष्णुमाया लामाको प्रमुख आतिथ्यता रहेको थियो ।कोरोना भाईरस संक्रमणका कारण पौष ४ गते देखि १८ गते सम्म साधरण सभा संचालन गरिएको संस्थाका अध्यक्ष गौतमले बताउनुभयो ।कुल एक हजार ३ सय ३३ शेयर सदस्य रहेको संस्थाको शेयर पूंजी एक करोड ५३ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ ।यस्तै संस्थाको बचत रकम १३ करोड ६३ लाख ६२ हजार ८ सय ६४ रुपैया रहेको छ । भने विभिन्न शिर्षकमा संस्थाले १५ करोड १४ लाख ९७ हजार २ सय ६२ रुपैया ऋण प्रवाह गरेको छ ।कार्यक्रममा संस्थाका उपाध्यक्ष भवनाथ गौतम ,सचीव नवराज पौडेल ,कोषाध्यक्ष प्रकाश लम्साल ,लेखा समिती संयोजक सन्तोष घिमिरे लगाएतकाको उपस्थिति रहेको थियो ।