सेवा सुविधा दिन नसक्ने भन्दै रोजगारी खोसेको मैदा मिलका कामदारहरुको गुनासो

४ पुस, हेटौंडा । हेटौंडा ८ मा संञ्चालित मकवानपुर मैदा मिलका प्रबन्ध निर्देक रमेश राज कर्णिकारले कामदारहरुलाई तलब तथा सेवा सुविधा दिन नसक्ने भन्दै रोजगारी खोसेको कामदारहरुले गुनासो गरेका छन् ।
शनिबार पत्रकार सम्ममेलन गर्दे कामदारहरुले निर्देशक कर्णिकारले विगत दुई वर्षदेखी मजदुरहरुको सेवा सुविधा कटौती गर्दे आएको बताएका छन् । २०७६ साल देखी कर्मचारी संञ्चय कोषको रकम र २०७७ देखी सामाजिक सुरक्षा रकम समेत जम्मा नगरिएको मजदुरहरुले गुनासो गरेका छन् । समयमा पारिश्रमिक नपाउने लगाएतका समस्या झेल्दै आएको उनीहरुको भनाई छ । निर्देशक कर्णिकारले पुष १ गते देखी मिल संञ्चालन गर्न नसक्ने र कामदारलाई पारिश्रमिक दिन नसक्ने भन्दै काममा नआउन मजदुसरहरुलाई सुचित गरेको मिलमा कार्यरत मजदुरहरुले बताएका छन् । पटक पटक छलफल गर्दा समेत निर्देशक कर्णिबारले आश्वानसन मात्र दिने गरेको मजदुरहरुको भनाई छ ।