वान प्लसको अब हेटौंडामा पनि बिक्री सुरु

६ पुस, हेटौंडा । नेपालकै पहिलो फाइब जि मोवाइल फोन वान प्लस अब हेटौंडामा पनि विक्रि सुरु भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दे दुई वटा मोडल फोन सार्वजानिक गर्दै हेटौंडाको लागि आधिकारिक विक्रेताको रुपमा शेरिशा मोवाइल हब रहेको संचालक अनिष विष्ठले बताउनुभयो ।नेपालमा पहिलो पटक फाइब जी मोवाइल फोन वान प्लस स्मार्ट टक प्रालिले बजारमा ल्याएका हुन्, । हाल २ वटा मोडेलका मोवाईल फोन उपलब्ध रहने सञ्चालक विष्ठले बताउनुभयो । एन टेन मोडलको मोवाईल ६ दशमलव ४९ ईन्च डिस्प्ले, ६ जीवी र्याम र एक सय २८ जिवी रोम रहेको छ । उक्त सेटकोे मुल्य भने ३९ हजार ४९९ रहेको छ । ८ प्रो फाइब जी मोवाईलको १२ जिवी र्याम, २५६ जिवी रोम रहेको छ । ४हजार ५ सय १० एमएच व्याक्ट्री पावर रहेको यस मोवाईल मुल्य १ लाख २५ हजार ९९९ रहेको संचालक विष्टले बताउनुभयो ।