संविधान अनुसार प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार छैनः स्थाई कमिटी सदस्य न्यौपाने

१२ पुस, हेटौंडा । नेकपा स्थाई कमिटी सदस्य मुकुन्द न्यौपानेले संविधान अनुसार प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नभएको बताउनुभएको छ ।

आज हेटौंडामा आयोजित नेकपा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दे सदस्य न्यौपानेले सविधानको धारा ७५ र ७६ अनुसार प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकार नभएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीमा दम्भ भएकाले आलोचना गर्दा गाली गरेको बुझ्ने गरेको बताउनुभयो । प्रधानमन्त्रीलाई सुझाव दिदाँ आफुलाई घेरा बन्दी गरी आदेश दिएको आरोप प्रधानमन्त्रीले लगाएको बताउनुभयो ।
यस्तै नेकपाका केन्द्रिय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज विरोध खतिवडाले सबै नेता कार्यकर्ता पार्टीको सिद्धान्तमा हिड्नुपर्ने बताउनुभयो । तर पछिल्लो समय प्रधानमन्त्रीले आफ्नो ब्यक्तिगत सिद्धान्तमा पार्टीलाई चलाउन खोजेका कारण त्यसको प्रतिकार गरेको बताउनुभयो ।उहाँले प्रधान्मन्त्रीले गरेको कु लाई सर्वोच्च अदालतले र निर्वाचन आयोगले गर्ने निर्णय हेर्न बाँकी रहेको बताउनुभयो । नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रचण्ड नेपाल समुहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।