मकवानपुरमा जिल्लामा सुरक्षा सर्तकता बढाइँदै

१४ पुस, हेटौंडा । संसद विघटन पछि नेकपाको दुईपक्षीय गुटगत भेला, विरोध र सर्मथनका कारण हुन सक्ने संभावित घटना न्युनिकरणका जिल्लाको सुरक्षामा सर्तकता अपनाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताउनुभयो ।
म्ांगलबार टिम टेलिभिजन संग कुरागर्र्दै प्रमुख जिल्ला अधिकारी रिजालले पछिल्ला राजनितिका कारण मकवानपुरमा हुन सकने संभावित घटना न्युनिकरण गर्न मुख्य मुख्य स्थानमा थप प्रहरी परिचालन गरीएको बताउनुभयो । उहाँले जिल्ला सुरक्षा समितिको बैठकबाट जिल्लाको सुरक्षका लागी छलफल गरी थप जनशक्ति आवश्यक परेमा प्रदेश प्रहरी कार्यालय संग समन्वय गरीएको बताउनुभयो ।नेकपा विभाजनको प्रभाव जिल्ला तहमै पुगेपछि हुन सक्ने संभावित घटनाहरु रोकथाम गर्न मकवानपुरमा सुरक्षा सर्तकता अपानाईएको छ ।