आफु मुख्यमन्त्री भएकै कारण मकवानपुरको विकास भयोः मुख्यमन्त्री पौडेल

१५ पुस, हेटौंडा ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले आफु मुख्यमन्त्री भएकै कारण मकवानपुरको तिव्र बिकास भएको दाबी गर्नुभएको छ ।

आफुलाई हटाउन मकवानपुरबाटै निर्वाचीत सांसदले हस्ताक्षर गरेको भन्दै मुख्य मन्त्रीले ती सांसदहरुलाई मकवानपुरको विकास चित्त नबुझेको दावी गर्नुभयो । हेटौंडा–९ स्थित नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले मकवानपुरको बिकासमा आफ्नो ठुलो योगदान रहेको तर्क गर्नुभयो । मुख्यमन्त्री हटाउन आफ्नै जिल्लाका सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको बताउँदै उनीहरुलाई मकवानपुरको विकास अपच भएको दाबी गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, वडा नम्बर ९ का अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव विरेन्द्र प्रसाद ढुङगाना, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल लगायतको अतिथ्यता थियो ।