सत्तामा जान नपाएकाहरु सडकमा उत्रिएः मुख्यमन्त्री पौडेल

१६ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सरकारलाई असफल बनाउने तत्वहरुले सडकमा उत्रिएर सरकारको विरोध गरेको बताउनुभयो ।

बिहिबार मकवानपुरमा ओली निकट नेकपा मोर्चा संगठनहरुको संयुक्त आयोजनामा भएको भेलालाई सम्बोधन गर्दे मुख्यमन्त्री पौडेलले सत्तामा जान नपाएकाहरुले. सरकारको भुमिका कमजोर बनाउन सडकमै उत्रिएको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई समेत कमजोर बनाउन आफु विरुद्ध जिल्लाकै सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको बताउनुभयो ।
नेकपा सम्बद्ध युवा संघ, अनेम संघ, अनेरास्ववीयु, खेलकुद महासंघ मजदुर संगठन र किसान संगठनको संयुक्त आयोजनामा कार्यकर्ता भेला गरीएको थियो ।