सिद्धार्थ बिजनेश ग्रुपसँग होटल सामनाको व्यवस्थापकीय साझेदारी

१७ पुस, हेटौंंडा । हेटौंडाको होटल सामनाले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारी गरी सेवा सुचारु गरेको छ ।
५ वर्षका लागि सिद्धार्थ बिजनेश ग्रुपसँग साझेदारी गरिएको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ५८ वटा सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभाहल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम, स्वीमिङ पुल भएको सामनाले सेवा, सुविधामा अभिवृद्धि गर्ने गरी सिद्धार्थ बिजनेश ग्रुपसँग साझेदारी गरेको बताइएको छ । देशका पर्यटकीयस्थलका होटलहरुसँग व्यवस्थापकीय साझेदारी गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुपले सामनाको व्यवस्थापनसँगै मकवानपुर जिल्लाको पर्यटन प्रवर्धन गर्दै मध्य र मध्यपूर्वि नेपालका पर्यटन प्रवर्धनमा उल्लेखनीय कार्य गर्ने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक कृष्ण न्यौपानेले दावी गर्नुभएको छ ।