माघ ७ गते प्रदेशसभा बैठक बोलाउन सिफारिस

१७ पुस, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा बैठक माघ ७ गते बोलाउन बाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई सिफारीश गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङगेलले बताए । गत साउन ८ गते संसदको हिउँदे अबिधेशन अन्त भएको थियो । संबिधान अनुसार ६ महीनाभीत्रै संसदको बैठक बस्नुपर्ने अनिवार्य ब्यवस्था भीत्रै प्रदेश सभाको बैठक बोलाउने निर्णय भएको हो । सत्तारुढ दल नेकपा भित्रको दाहाल नेपाल समूहले मुख्यमन्त्री बिरुद्ध अविश्सावासको प्रस्ताब संसद सचिवालयमा दर्ता गरिसकेको छ । प्रदेश प्रमुखले अबिधेशन आब्हान गराएसंगै यो विषय संसद भित्र प्रबेश पाउने संसद सचिवालयले जानकारी दिएको छ ।