सगुनको के खानु कसम बोलको गीत सार्वजनिक

२० पुस, हेटौंडा । मकवानपुरका सगुन स्याङ्तानको नयाँ म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।

सोमबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि के खानु कसम’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरीएको हो । बिशाल कल्तानको शब्द, संगीत र लय रहेको के खानु कसम’ नामक गीतमा स्याङतानको अभिनय रहेको छ । सुमित लामाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा सगुनलाई मोडल यङगी दोड्ड (तामाड्ड)ले साथ दिनु भएको छ । दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको यस गीतमा दिपेश प्रधानकोे अडियो मिक्सिङ रहेको छ । चितवनको जेम्सवल्र्ड पार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगल लगायतको क्षेत्रमा भिडियो छ्याङकन गरिएको हो ।