७३ जना महिलाहरुलाई सिलाईकटाई सम्बन्धी तालिम प्रदान

२० पुस, हेटौंडा । वनडर फुल ट्रेनिङ एण्ड कन्सल्टेन्सि प्रालिले हेटाँैडामा ७३ जना महिलाहरुलाई सिलाईकटाई सम्बन्धी तालिम प्रदान गरेकोे छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको ब्यबसायीक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना अन्र्तगत हेटाँैडामा तालिम संञ्चालन भैरहेको छ । माघ २३ गतेबाट सुरु भएको तीन सय ९० घन्टाको तालिम कोरोना संङक्रमणका कारण रोकीएको थियो । कोरोना संङक्रमणको जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउँदै पुन तालिम संञ्चालन भैरहेको छ । घरको चुलोचौको मै सिमित रहेका महिलाहरुले सिप सिकेर स्वरोजगार बन्न पाउने भएपछि खुसि ब्यतm गरेका छन् । सिलाईकटाई सम्बन्धी लेभल एक र दुई गरी जम्मा ८० जनाले सहभागिता जनाएका थिए । तर कोरोना संङक्रमणपछि पुन तालिम संञ्चालन हुँदा ७ जना अनुपस्थित भएका छन् । अनुपस्थित भएकाहरुलाई सिटिईभिटिईले लिने परिक्षामा सहभागी नगराइएको वनडर फुल ट्रेनिङ एण्ड कन्सल्टेन्सि प्रालिकी कार्यक्रम संयोजक हिरा बर्तौलाले बताउनुभयो । तालिम पश्चात महिलाहरु रोजगारीमा स्थापित हुन थालेको कार्यक्रम संयोजक बर्तौलाले बताउनुभयो । सिटिईभिटिईको परिक्षामा उत्तिर्ण भएपछि तालिममा सहभागिहरुलाई प्रमाण पत्र दिईने कार्यक्रम संयोजक बर्तौलाले बताउनुभयो ।