बंशगोपालको १६ औं अभिभावक भेला सम्पन्न

२१ पुस, हेटौंडा । हेटौडा ६ चौघडामा रहेको बंशगोपाल माध्यामिक बिध्यालय प्राबिधिक शिक्षालयको १६ औ अभिभाबक भेला मंगलबार सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालीकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा विद्यालयको अभिभावक भेला सम्पन्न भएको हो । भेलाको उदघाटन गर्नुहुँदै मेयर महतले बिद्यालयमा राम्रो वताबरण बन्न अभिभाबकहरुको ठुलो भुमिका रहने बताउनु भयो । उहाँले बिद्यालयलाई उपमहानगरपालीकाले उपलब्ध गराउने सहयोगमा आफु सधै सकारात्मक रहेको समेत बताउनु भयो । यस्तै भेलामा ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाइले बिद्यालयको शैक्षिक गुणस्तर बढाउन वडा कार्यलयले निर्बाह गर्ने भुमिकामा आफुहरु सदैब लागीपर्ने बताउनु भयो । अभिभाबक भेलामा बिध्यालयका पुर्ब ब्यबस्थापन समितिका अध्यक्षहरु साधुराम चौलागाई, बालकृष्ण चौलागाई, धु्रब प्रसाद संजेल, शिक्षक अभिभाबक संघका अध्यक्ष शिबदयाल यादब लगाएतकाको उपस्थिती रहेको थियोे । भेलामा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भएका र भाबी योजनाहरुका प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने । बिद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले विद्यालयको गतिविधि समाबेश गरीएको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । भेलाले नयाँ ब्यवस्थापन समिति समेत चयन गरेको छ । समितिमा बिजय गौतम, रामशरण दुलाल, अमुना सापकोटा र गायत्री घिमिरे रहेको छ त्यस्तै भेलाले प्रकास कार्कीको अध्यक्षतामा ५ सदस्य पिटिए कमिटि पनि चयन गरेको छ ।