जिम्मेवारीलाई राजनीतिसंग जोड्न मिल्दैनः रघुनाथ खुलाल

२३ पुस, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले राज्यको निकायमा बसेर काम गर्ने जनप्रतिनिधिले राजनितिलाई भन्दा पनि आफ्नो जिम्मेवारीलाई महत्व दिनुपर्ने बताउनुभएको छ ।

बिहिबार टिम टेलिभिजन संग कुरा गर्दे प्रमुख खुलालले राज्यको निकायको जिम्मेवारीलाई राजनिति संग जोड्न नहुने बताउनुभयो । उहाँले राज्यको निकायमा बसेर राजनिति गर्ने भन्दा जनताका समस्यालाई समाधान गर्न लाग्नुपर्ने बताउनुभयो । जो जहाँ भएपनि बिचार फरक भएपनि राज्यको जिम्मेवारीलाई भने राजनिति संग जोड्न नहुने उहाँले तर्क गर्नुभयो ।मकवानपुरमा स्थानियतहका पदाधिकारीहरु खुलेरै आ आफ्ना निकट नेताको सर्मथनमा लागिरहेका छन् ।