बर्तमान सरकार सर्वसत्ताबाद तर्फ उन्मुखः नेता केसी

२५ पुस, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंवम् विघठित प्रतिनिधि सभा सदस्य अर्जुन नरसिहँ केसीले प्रधानमन्त्रीलाइ संसद भंग गर्ने अधिकार नभएको बताउनुभएको छ ।
संसद बिघटन बिरुद्ध प्रदेशसभा क्षेत्र नम्बर १ को ख हेटाँैडामा आयोजित विरोध कार्यक्रममा बोल्दै केन्दि«य सदस्य केसिले बर्तमान सरकार सर्वसत्ताबाद तर्फ उन्मुख भएको तर्क गर्नुभयो । उहाँले कम्युनिष्ट सरकारको पालामा नेपाल दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट्राचार हुने मुलुकमा परेको बताउनुभयो । संसद विघटनको विरुद्ध नेपाली कांग्रेसले देशव्यापी रूपमा ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क, ख र क्षेत्र नम्बर २ को क, ख मा विरोध प्रर्दशन गरेको छ ।