स्पष्ट अधिकार नहुँदा काम गर्न कठिनः मुख्यमन्त्री पौडेल

२५ पुस, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारलाई स्पष्ट अधिकार नहुँदा काम गर्न कठिन भएको बताउनुभएको छ ।
उद्योग संघ मकवानपुरको १९ औ साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेल संघिय सरकारले प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएका कारण काम गर्न कठिन भएको बताउनुभयो । आफ्नै जिल्लाका सासंदबाट अबिश्वासको प्रस्तावमा हस्ताक्षर हुनु सरकारलाई असफल बनाउने प्रयास भएको उहाँले तर्क गर्नुभयो । नेपाली काग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु रहेपनि सरकारले संबोधन गर्न नसकेको बताउनुभयो । उहाले दुई तिहाईको सरकार हुँदा समेत कारोनाको मारमा परेका उद्योगी व्यवसायीहरुका समस्या संबोधन गर्न नसकेको बताउनुभयो ।