ढाडमा टेकेर टाउकोमा हान्ने प्रवृत्तिले पार्टी विभाजनको तहमा पुग्योः उपप्रधानमन्त्री पोखरेल

२५ पुस, हेटौंडा । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहालको ढाडमा टेकेर टाउकोमा हान्ने प्रबृत्ती र माधब नेपालको कुष्ठाकै प्रबृत्तीका कारण नेकपा विभाजनको तहमा पुगेको बताउनुभयो ।
नेकपा मकवानपुरले शनीबार हेटौंडामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतापोखरेलले पार्टी अध्यक्ष ओलीलाई जसरी पनि सिध्याउने षडयन्त्रका कारण पार्टी विभाजनको तहमा पुगेको दावी गरे । पुष्पकमल दाहालले ओलीलाई लगाएको आरोप पत्र फिर्ता लिन र बैशाखको निर्वाचनमा सहभागी हुन स्विकार गरे पार्टी एकता हुने अन्यथा एक भएर अघि बढ्न नसकीने मन्त्रीपोखरेलले बताउनुभयो । केपी ओलीकै नेतृत्वमा रहेको नेकपाले पार्टीको आधिकारिकता पाउने र चुनाब चिन्ह प्राप्त हुनेमा ढुक्क रहने उनले कार्यकर्तालाई आग्रह गरे । पार्टी भित्रैबाट सरकारको हात खुट्टा बाँध्ने कामहुँदा जनताका थुप्रै काम गर्न नसकेको भन्दै उपप्रधानमन्त्री पोखरेलले आगामी निर्वाचनमा जनताले ओलीकै पक्षमा मतदान गर्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपाका नेता काशीनाथ अधिकारी, केन्द्रीय सदस्य एवम् मुख्य मन्त्री डोरमणि पौडेल युवा तथा खेलकुद मन्त्री दावा दाृर्जे लामा लगायतले बोल्नुभएको थियो ।