आपसी टोल बिकास संस्थाको १० औं साधारणसभा सम्पन्न

२६ पुस, हेटौंडा । हेटौंडा १० स्थित आपसी टोल बिकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ ।
संस्थाका अध्यक्ष पुष्कर शर्मा ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष किंताब सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का सदस्यहरु उमा सुनार ,साधना श्रेष्ठ , धमृ बस्नेत , भुटनदेबी टोल बिकास संस्थाका अध्यक्ष घनश्यम सापकोटा लगाएतकाको उपस्थिति थियो ।