आठौ नगरसभा बैठकबाट आठ वटा प्रस्तावहरु पारित

२६ पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आठौ नगरसभा बैठकबाट आठ वटा प्रस्तावहरु पारित भएका छन् ।
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको नगरसभाले विभिन्न नीतिगत निर्णय गरेको छ । विभिन्न वडाहरुबाट संशोधनका लागि प्रस्ताव गरिएका नगर कार्यपालिकाबाट नगर सभामा स्वीकृतिका लागि पेश भएका अनुसुची बमोजिमका योजना तथा कार्यक्रमहरु संशोधन स्वीकृति गरिएको छ । उपमहानगरपालिकाको विभिन्न विषयगत समितिहरुबाट सिफारीस भई नगर कार्यपालिकाबाट नगर सभामा स्वीकृतिका लागि पेश भएका विषयगत क्षेत्रहरुमा विनियोजन भएको योजना तथा कार्यक्रमहरु संशोधन सहितको स्वीकृती गरिएको मेयर महतले बताउनुभयो । उपमहानगरपालिकाको विधायन समितिबाट प्रस्ताव गरिएको वन विकास सम्वन्धि विधेयक,२०७७ नगर कार्यपालिकाबाट निर्णय भई स्वीकृतिको लागि सिफारिस भएको छ । उपमहानगरपालिकाको अन्र्तवार्ता तथा सूचिकरण समितिबाट विभिन्न मितिमा पदपुत्र्ति सम्बन्धि भएको निर्णय अनुमोदन गरिएको छ । नगरकोे ६३ कि.मी लामो चक्रपथ निर्माणको योजना क्रमशः निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप उपमहानगरपालिकाले यस आ. ब. मा वडा नं. १५ र १६ खण्डमा योजना संचालन गर्न निर्माण व्यवसायी छनौट भई सम्झौताको चरणमा रहेको छ ।