जेष्ठ नागरिकको स्वास्थ्य सेवा बारे नीति संवाद कार्यक्रम सम्पन्न

२६ पुस, हेटौंडा । जेष्ठ नागरिकको स्वास्थ्य सेवा बारे नीति संवाद कार्यक्रम आईतवार बागमती प्रदेशको राजधानी हेटौंडामा भएको छ ।
स्वास्थ्य सेवा बिभाग नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाको आयोजनामा भएको कार्यक्रममा बाागमती प्रदेश सामाजिक बिकास मन्त्रालयका सचिव दिपक काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सचिव काफ्लेले सरकारले जेष्ठ नागरिकको स्वास्थ तथा सामाजिक बिकासका लागि विभिन्न कार्यक्रम ल्याएको बताउनुभयो । उहाले बालबालिकालाई जस्तै जेष्ठ नागरिकलाई समेत माया र हेरचाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा , बागमती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारी ,हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास माहाशाखा प्रमुख भिम तिमल्सिना , ओम बृद्ध आश्रम हेटौडाका अध्यक्ष बुद्धि प्रसाद पौडेल लगाएतकाको उपस्थिती थियो ।