मनहरी गाउँपालिकाकी उपाध्यक्षको राजीनामा प्रकरण उच्च अदालत पाटन हेटौँडामा

२९ पुस, हेटौंडा । मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको राजीनामा प्रकरणमा उच्च अदालत पाटन हेटौँडा इजलाशले विपक्षका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
रिट निबेदकको माग बमोजिम आदेश जारी हुनुपर्ने हो, होइन आदेश जारी हुनु नपर्ने भए सो को आधार कारण समेत खुलाई सूचना म्याद तामेल भएको मितीले १५ दिन भित्र आफु आफु वा आफ्ना कानून बमोजिमको प्रतिनिधी मार्फत उपस्थित हुन भनीएको छ । न्यायधिश मुहम्मद साबीर हुसेनको एकल इजलाशले विपक्षहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो । उपाध्यक्ष मनिला विष्टले आफुले राजीनामा नदीएको दावी गर्दै आउनुभएको थियो । भने उनको राजीनामा गाउँपालिकाले स्विकृत भएकोदावी गरेको थियो । निवेदकले अन्तरिम आदेश माग गर्नुभएको सम्बन्धमा आदेश जारी हुने वा नहुने विषयमा छलफल गर्न राजीनामा सम्बन्धी सक्कल फाइल दर्ता, रजिष्टर निर्णय पुस्तिका समेत लिई उपस्थित हुन आदेश भएको छ । निबेदकका तर्फबाट अधिबक्ताहरु शीब बन्जारा, शुशील पोखरेल, मदनकुमार दाहाल, अमृत लामा समेतले बहस गर्नुभएको थियो ।