मकवानपुरमा ६३ वटा मानवअधिकार उल्लङ्घनः इन्सेक मकवानपुर

२ माघ, हेटौंडा । नेपाल मानवअधिकार बर्ष पुस्तक २०२१ वार्षिक पुर्व समिक्षा कार्यक्रम शुक्रवार हेटौंडामा भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा सन् २०२० मा मकवानपुरमा घटेका मानव अधिकार सम्बन्धि घटनाहरुको समिक्षा गरीएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले समाजमा लुकेर रहेका मानवअधिकार सम्बन्धि घटनाहरु बहिर ल्याउन संचार क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । सन् २०२० मा मकवानपुरमा बलात्कार ,यौन दुव्र्याहार ,हत्या ,बहुविवाह र मानव बेचबिखन तथा ओसार पसारका घटनामा जम्मा ६३ जना पिडित भएको ईन्सेक अभिलेखमा उल्लेख गरीएको छ ।