हेटौंडामा खुलेका कपडा बैंकहरु अस्तव्यस्त

२ माघ, हेटौंडा । मकवानपुरमा खुलेका ५ वटा कपडा बैंकहरुमा अहिले हेटौंडा वडा नंबर ५ सानोपोखरामा रहेको कपडा बैंक बाहेक सबै अस्तब्यस्त अबस्थामा रहेका छन् ।
२०७६ साल भदौ २ गते हेटौंडा सानोपोखरामा तरुण दलले ब्यवस्थापन गर्ने गरि कपडा बैंक खुल्यो । त्यस्तै भदौ ४ मा हेटौंडा १० बसपार्क क्षेत्रमा केही युवाहरुको समूह सहयोगी हातले पनि कपडा बैंक स्थापना गर्यो । त्यस्तै भदौ ७ गते तरुण दलकै ब्यवस्थापनमा चौकीटोल ओरालोमा पनि कपडा बैंक स्थापना भयो । त्यसपछि हुप्रचौरमा हेटौंडा युवा अभियानले र लायन्स क्लव अफ हेटौंडा भुटनदेविले सुमार्गी कम्प्लेक्समा सटर खेलेर कपडा बैंक स्थापना गरे । कपडा बैंक स्थापना हुदा गरिव दुःखि र अभावमा रहेकाहरुले उपभोग गर्न पाउँदा उनीहरुको मुहारमा खुसि देखिन्थ्यो । तर कोरोना माहामारीमा सबै क्षेत्र बन्द रहँदा कपडा बैंकहरु पनि बन्द गरे । विस्तारै अन्य क्षेत्र खुल्दै गयो तर कपडा बैंक खोल्ने र पुन ब्यबस्थापनमा सम्बन्धित निकायले ध्यान दिएन । हुप्रचौरमा रहेको कपडा बैंक फोहोरको थुप्रोमा परिणत भएको छ । हेटौंडामा पुन कपडा बैंकको उचित ब्यबस्थापन हुन सके विपन्न र आर्थिक स्थिती कमजोर भकाहरुलाई राहत मिल्ने छ ।