संसद विघटनको विरोधमा कांग्रेस मकवानपुरद्वारा जिल्लाका १० वटै स्थानिय तहमा विरोध प्रदर्शन

३ माघ, हेटौंडामा । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली काँग्रेस हेटौंडा उपमहानगर समितिले शनिबार हेटौँडामा प्रदर्शन सहित विरोध सभा गरेको छ ।
केन्द्रीय समितिको निर्देशन अनुसार उपमहानगर समितिले प्रधानमन्त्री ओलीको असंबैधानिक कदम चालेको भन्दै बिरोध प्रदर्शन तथा सभाको आयोजना गरेको हो । नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका समितिका सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि डिनाले नेपाली कांग्रेस कम्युनिष्टहरुले चलाएको सर्बसत्ताादको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको उल्लेख गर्दै केपी ओलीको असंबैधानिक कदमले खतरामा परेको संविधान र लोकतान्त्रको रक्षाको लागी सडकमा आएको बताउनुभयो ।यस्तै कार्यक्रममा विगठित प्रतिनिधि सभा सदस्य प्रकाश स्नेहीले राष्ट्रपति देश र संविधानको अभिभावक बन्न नसकेको बताउनुभयो । कांग्रेसले बनाएको संबिधानलाई प्रधानमन्त्री र राष्ट्रपतिले रछ्यानमा फलेको उहाँले आरोप लगाउनुभयो ।प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस मकवानपुरले जिल्लाको दश ओटै स्थानिय तहमा बिरोध सभा गरेको छ ।