लागुऔषध र मद्यपानमा फसेका ३० जनाको उपचार हुँदै

४ माघ, हेटौंडा । पछिल्लो समय मकवानपुरका युवाहरु लागुऔधको दलदलमा फसिरहेका छन् । लागुऔषधको कुलत छुटाउन परिवारले पुनस्थापना केन्द्रमा राख्ने गरेका छन् ।

हेटौंडा ११ नवलपुर स्थित नयाँ गोरेटो पुन स्थापना केन्द«मा अहिले आगुऔषध र मद्यपानमा फसेका ३० जनाको उपचार भैरहेको छ । हेटौंडा ११ नवलपुरका निर्मल बिडारी १२ वर्ष लागुऔषध दुर्व्यसनीमा फसेपछि सुधार गृहमा पुगेका थिए । सुधार गृहबाट पुन स्थापित भएपछि उनले पुन स्थापना केन्द« संञ्चालन ल्याए । नयाँ गोरेटो पुर्नस्थापना केन्द्रको शाखा कार्यालयको रुपमा संचालित पुर्नस्थापना केन्द्रले विगत ४ वर्ष देखि हेटौंडा ११ थानाभर्याङमा रहि लागुऔषध तथा मादक पदार्थ सेवन कर्ताहरुको पुर्नस्थापना गर्दे आएको छ । बिडारीले संञ्चालन गरेको नयाँ गोरेटो पुन स्थापना केन्द«मा ३० जनाको उपचार भैरहेको छ । आफु लागूऔषध दुब्र्यशनीमा बाट फर्केपछि लागुऔषधमा फसेका युवाहरुलाई लागुऔषध दुब्र्शनीमा फस्न दिन नहुने भन्दै पुन स्थापना केन्द« संञ्चालनमा ल्याएको बताउनुभयो ।साथीभाइको संगत, भारतसँगको खुला सिमानाका कारण लागुऔषधको सहज उपलब्धता, आवश्यकताहरू पुरा नहुँदा मनमा उत्पन्न हुने नैराश्यताका कारण युवाहरु लागुऔषध फस्ने गरेको पुन स्थापना केन्द«का संञ्चालक बिडारीको भनाई छ । लागुपदार्थ प्रयोगकर्ताहरलाई लागुपदार्थ मुक्त बनाई समाजमा पुर्नस्थापित गर्ने उद्देश्यका साथ संचालित केन्द्रले लागुपदार्थ दुब्र्यसनमा फसेका युवाहरुलाई सिप मुलक तालिमहरुमा सहभागिता गराएको संचालक निर्मल विडारीले बताउनुभयो ।