अपराध न्युनिकरण गर्न योजना बनाएरै अघि बढ्ने प्रतिबद्धता

५ माघ, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा देखिएको लागुऔषध उत्पादन,ओसार पोसार तथा अपराधी गतिविधी न्युनिकरण गर्न विशेष योजना बनाएर अघि बढ्ने बताउनुभयो ।
सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बाल्दैै प्रहरी राठौरले लागुऔषध उत्पादन र ओसारपसार तथा अपराध न्युनिकरणलाई विशेष योजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले समुदाय र प्रहरी बिचको साझेदारी कायम गर्न संञ्चार क्षेत्रको ठुलो भुमिका रहेको भन्दै संञ्चारकर्मी संग सदैब समन्वय गर्ने बताउनुभयो । मकवानपुर प्रहरीको कमाण्ड सम्हालेपछि प्रहरी उपरिक्षक राठौरले सोमबार जिल्लाका प्रत्रकार संग भेटघाट गर्नुभएको हो ।