कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा सम्पन्न

१० माघ, हेटौंडा । हेटौँडा–६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २२ औ बार्षिक साधारण सभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष गौरव कुमार पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंको प्रमुख आतिथ्यता थियो । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै माघ ८ गतेबाट सुरु भएको साधारण सभा शनिबार समापन भएको हो । संस्थाका लेखा संयोजक केदार गौतमले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवेदन गर्नुभएको थियो । संस्थाले जनप्रतिनिधि र पत्रकार सहित ५ जनालाई सम्मान गरेको छ । यस्तै संस्थाको नयाँ अध्यक्षमा उदय विडारी र उपाध्यक्षमा उदय प्रकाश दहाल निर्विरोध निर्वाचित भएका छन् । कार्यक्रममा हेटौँडा ६ का वडासदस्य राज कुमार बास्तोला, हेटौँडा १७ का वडासदस्य टिका प्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक सदस्य हिमाल पौडेल, सहकारीका सल्लाहकार बासुदेव सापकोटा लगाएतकाको उपस्थिति थियो ।