कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने सरकारको निर्णयको विरोध

१२ माघ, हेटौंडा । संसद नभएको बेला सरकारले नेपालको कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन मन्त्रिपरिषदको बैठकबाट अध्यादेश ल्याएको भन्दै नेपाली लगानीकर्ताहरुले विरोध जनाएका छन् ।
सरकारले स्वदेशी लागनीलाई प्रभाव पार्ने गरी मन्त्रिपरिषदको निर्णयबाट कृषि क्षेत्रमा सर्त सहित प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेको उनीहरुको आरोप छ । नेपाल डेरी एशोसिएसन नेपालको आयोजनामा आइतबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सरोकारवालाहरुले कृषिमा वैदेशिक लगानी भित्रिए स्वदेशी किशान र लगानीकर्ताहरु विस्थापित हुने बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ कार्यसमिति सदस्य एवम कृषि पर्यटन समतिका संयोजक अरुण सुमार्गीले नेपालको कृषि क्षेत्रमा वैदेशिक लागनी खुल्ला गर्न सरकारले लिएको नितिको बिरोध गर्नुभएको छ । उहाँले नेपाली लगानी कर्ताहरुलाई विस्थापित गराउँने गरी सरकारले कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने गरी अध्यादेश ल्याएको भन्दै उक्त अध्यादेश सरकारले फिर्ता लिनुपर्ने बताउँनुभयो । केन्द्रीय सदस्य सुमार्गीले कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गरिएको विषयमा कृषिमन्त्रीसँग छलपल गर्न समय लिईसकेको जानकारी दिँदै उक्त अध्यादेश फिर्ता नभए सरोकारवालाहरुको आन्दोलनमा महासंघले पनि साथदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । पत्रकार सम्मेलनमा बोल्दै एशोसियनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकाले नेपालमा कृषिमा बैदेशिक लगानी भित्राउन ल्याएको अध्यादेशले स्वदेशी लगानीकर्तालाई उद्योग बन्द गर भन्न खोजेको आरोप लगाउँनुभयो ।