निवृत शिक्षक समाजको प्रथम जिल्ला अधिवेशन सम्पन्न

१२ माघ, हेटौंडा । नेपाल निवृत शिक्षक समाज मकवानपुरको प्रथम जिल्ला अधिवेशन सोमबार हेटौंडामा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष शिवदयाल यादबको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष धुर्वराज अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरमा लामो समय शिक्षा क्षेत्रमा योगदान गरेर सेवा निवृत भएका जेष्ठ शिक्षक धनलाल श्रेष्ठ र सानुमैया दलीलाई सम्मान गरीएको थियो । यस्तै शिवदयाल यादबको संयोजकत्वमा समाजले १९ सदस्सीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समाजको उपाध्यक्षमा ईन्द्रप्रसाद संञ्जेल, निर्मला रुपाखेती, सचिवमा अभिमन्यु गौतम, सहसचिवमा ईश्वरी कोईराला, कोषध्यक्षमा अर्जुनप्रसाद पोखरेल र सहकोषाध्यक्षमा नेत्रमाया श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सिताराम दहाल, रिपुप्रसाद गौतम, जर्नादन खनाल, विष्णु दहाल, बिर बहादुर राई, रामहरी कार्की, शम्भुप्रसाद हुमागाँई, केशव पुडासैनी, विष्णु धिताल, कृष्णगोपाल बर्तौला, खुसिलाल मोक्तान, शरद श्रेष्ठ चयन हुनुभएको छ । समाजको केन्दि«य प्रतिनिधिमा खेमराज सापकोटा र शम्भुप्रसाद पौडेल चयन हुनुभएको छ ।