नेपालमा कोराना खोप ल्याउन सरकार सफलः मुख्यमन्त्री पौडेल

१४ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले कोरोना खोप ल्याएर जनताको शंकाको निवारण गरेको बताउनुभयो ।
बुधबार प्रदेश सरकारको तर्फबाट हेटाँैडा अस्पताललाई कोरोना खोप हस्तान्तरण गर्दे मुख्यमन्त्री पौडेलले सरकारले कोरोना खोप ल्याएर खोप कहिले ल्याउने भन्ने जनताको शंका निवारण गरेको बताउनुभयो । उहाँले विश्वका धेरै मुलुकमा कोरोना खोप नपुगेको अवस्थामा नेपालमा कोराना खोप ल्याउन सरकार सफल भएको दाबी गर्नुभयो । सरकारका धेरै आलोचनाको समाना गर्दे कोरोना विरुद्धको खोप ल्याएको बताउनुभयो । यस्तै हेटाँैडा अस्पतालमा रहेको कारोना परिक्षण गर्ने पिसिआर ल्याबको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले शुभारम्मभ तथा निरिक्षण समेत गर्नुभएको गर्नुभएको छ ।