जनतामाझ सत्यतथ्य समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह

१५ माघ, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा ईजलासले बिहिबार हेटौंडामा संचारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै उच्च अदालत पाटन हेटाँैडा ईजलासका मुख्य न्यायधिस मोहाम्मद साविर हुसेनले संञ्चारकर्मीहरुको समु्दायसंग प्रत्यक्ष सम्बन्ध हुने भएकाले जनतामाझ सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । संञ्चारकर्मीले गलत सुचना प्रवाह गरीदिदाँ न्यालयप्रति आम जनताको वितृष्ण फैलन सक्ने भन्दै उहाँले न्यालय प्रति जन विश्वास बढाउन संञ्चारकर्मीको प्रमुख भुमिका रशने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार मंहासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले संञ्चारकर्मीले सत्य तथ्य र सही सुचना सम्प्रेषण गर्न समन्वयात्कम भुमिका निर्वाह गर्ने बताउनुभयो ।