मनहरी गाउँपालिकाको हाँडिखोला र कालिदमार जोड्ने पक्कीपुलको शिल्यान्यास

१५ माघ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको हाँडिखोला र कालिदमार जोड्ने पक्कीपुलको शिल्यान्यास गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमका विच पुलको शिल्यान्याश गर्नु भएको हो । मनहरी गाउँपालिकाले ५ करोड ३५ लाख लागतमा सो पक्की पुल निमार्ण गर्न लागेको हो । मुख्यमन्त्री पौडेलले पुल बनेसंगै हाँडिखोला हेटौँडा उपमहानगरपालिकासंग जोडीने बताउनुभयो । पुल निर्माण पछि हाँका स्थानीय बासिन्दालाई वर्षा याममा समेत सहज हुने विश्वास ब्यक्त गर्नुभयो । हिउँदमा काठेपुल बनाएर राप्तीखोला र हाँडीखोला तर्दै आएका स्थानीयलाई ३५ मिटर लम्बाई रहेको पक्कीपुलले राहत दिने मुख्यमन्त्रीको भनाई थियो । पुल २ बर्ष भित्रमा निर्माण सम्पन्न गर्न गाउँपालिका र निर्माण ब्यवसायी दुबै जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । गाउँपालिकका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलालको आतिथ्यता थियो ।