हेटौंडा अस्पतालद्वारा सीटीस्क्यान सेवा बिस्तार

१५ माघ, हेटौंडा । हेटौंडा अस्पतालले निजी क्षेत्रबाट संचालन गरिएको हेटौंडा डाइनोस्टीक सेन्टरसंग सम्झौता गरी सीटीस्क्यान सेवा बिस्तार गरेको छ ।
हेटौंडामा सिटीस्क्यान सेवा नहुदा बिरामीहरु भरतपुर र काठमाडौ जानुपर्ने बाध्यता रहँदै आएको थियो । तर हेटौंडा अस्पतालले बिरामीहरुलाई हेटौंडामै सहज सेवा दिन निजि क्षेत्र संगको साझेदारीमा सिटीस्क्यान सेवा बिस्तार गरेको छ । विरामीले अब विमा रकमबाटनै सीटीस्क्यान गर्न पाउने ब्यबस्था गरीएको हेटौंडा अस्पतलका प्रमुख मेडिकल सुपरिटेन्डेन डाक्टर प्रविन श्रेष्ठले बताउनुभयो । यस्तै असपतालले पिसिआर ल्याब स्थापना गरेपछि कोरोना भाईरसको मात्र नभई टिबी र क्यान्सरको समेत पिसिआर परिक्षण गर्ने ब्यबस्था मिलाउन प्रक्रिया अगााडी बढाईएको डाक्टर श्रेष्ठले बताउनुभयो । अस्पतालल एफएनएसी सेवा मार्फत क्यान्सरका विरामीको मासुको जाँच गरी क्यान्सरको जाँच गरीरहेको छ । अस्पतालमा केही हप्ता अगाडीबाट आइसीयु र एचडीयुको सेवा दिन सुरु गरेसंगै अहिले मकवानपुरबासी मात्र नभई प्रदेश नम्बर २ का बिरामीहरुले समेत अस्पतालबाट सहज सेवा लिईरहेका छन् ।