ज्ञान दिप शिक्षा निकेतन माध्यमिक विद्यालयको २० औ अभिभावक दिवस सम्पन्न

१८ माघ, हेटौंडा । ज्ञान दिप शिक्षा निकेतन माध्यमिक विद्यालयको २० औ अभिभावक दिवस आईतबार हेटाँैडामा भएको छ ।

विद्यालय व्यवस्थान समितिका अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमूख गांगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । अभिभावक भेलाको अवसरमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु, अनुशासित र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै टिम टेलिभिजनका प्रमुख समाचार सम्पादक बालकृष्ण अधिकारीलाई नगद ५ हजार पाचसय पचपन्न रुपँैया सहित सम्मानपत्र प्रदान गरीएको थियो । अभिभावक भेलामा ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जीधराज ढकाल, ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष केशवबहादुर श्रेष्ठ र पूर्वअध्यक्ष पिताम्बर बास्तोलाको पनि उपस्थिति रहेको थियो ।