अविश्वासको प्रस्ताब खेप्ने पहिलो मुख्यमन्त्री हुने अवसर पाएः मुख्यमन्त्री पौडेल

१८ माघ, हेटौंडा । अविश्वासको प्रस्ताब माथि सदनमा छलफल हुने अघिल्लो दिन बागमती प्रदेश सभाको तेस्रो बार्षिक उत्सवको अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले आफुले पहीलो पटक प्रदेश सभाको सभामुख हुने अवसर पाएको बताउनुभयो ।
पहिलोपटक जेष्ठ सदस्यको हैैसियतले सभामुखको भूमिका निर्वाह गर्ने अवसर पाएका पौडेल पहीलो पटक मुख्यमन्त्री बन्नुभयो । सातवटै प्रदेश मध्यआफु पहीलो सभामुख र मुख्यमन्त्री निर्वाचीत भएको प्रसंग जोड्दै मुख्यमन्त्री पौडेल अविश्वासको प्रस्ताब खेप्ने पहिलो मुख्यमन्त्री हुने अवसर समेत पाउनुभयो । आफु सधै पहीलो हुने इतिहास रच्ने अवसर पाएको भन्दै मुख्यमन्त्रीले सबै अवसरमा पास हुँदै आएको आफ्नो इतिहास स्मरण गर्दै अविस्वासको प्रस्ताबमा पनि आफु फेल नहुने दावी गर्नुभयो । प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, विपक्षी दलका नेता इन्द्र बानियाँ सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेश सभा तेस्रो वर्ष पुग्दा सहमती र सहकार्यमै अघि बढेको बताउनुभयो । प्रदेश सभाले हालसम्म ५९ वटा ऐन बनाएको छ । तीमध्य १३ वटा संसोधन बिद्येयकले ऐनको रुप लिएका छन् । तीन बर्षमा एकसय ७६ पटक प्रदेश सभाको बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।