आजका लागि तोकिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

१९ माघ, हेटौंडा । आजका लागि तोकिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
आज दुइवजेका लागि तोकिएको प्रदेशसभा बैठकका लागि प्रदेशका धेरै सांसद हिजोनै हेटौंडा आइसक्नु भएको थियो । आज २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो । प्रदेश सभाले जारी गरेको सूचनामा आज माघ १९ गते दिनको २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा फागुन ५ गते दिनको २ बजे बस्नेु उल्लेख गरिएको छ । आजबाट सुरु हुने प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविस्वासको प्रस्ताबमाथी छलफल गर्ने भनिएको थियो ।