सभामुख अल्पमतको सरकारको छायाँमाः शाक्य

१९ माघ, हेटौंडा । बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुसंग र कार्यव्यवस्था परामर्श समितीसंग छलफल नै नगरी सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरेको भन्दै दाहाल नेपाल समूहले बिरोध जनाएको छ ।

सभामुखले अल्पमतमा रहेको सरकारलाई सहयोग पु¥याएको दाहाल नेपाल समूहकी दलका नेता अष्टलक्ष्मी शाक्यले बताईन् । प्रदेशसभा सचिवालयमा दाहाल–नेपाल समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा नेतृ शाक्यले प्रदेशसभामा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावदर्ता भएको अवस्थामा त्यस विषयलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाइन् ।सभामुख अल्पमतको सरकारको लाचार छायाँ बनेको उहाँको आरोप थियो । सभामुखले संसदीय दलका मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावलीको उल्लंघन गरेको दाहाल नेपाल समूहको आरोप छ । बैठक अविलम्ब सुरु गर्न उनहरुले मागगर्दै प्रदेश सभामौ नारावाजी गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुले पुस १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव प्रदेशसभा दर्ता गराएका थिए । पुस ९ गते प्रदेश सभा बैठकमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताब टेबुल भएको थियो । सभामुखले माघ १९ गते दिउँसो २ बजे अविश्वासको प्रस्ताबमाथि छलफल गर्ने भन्दै माघ ९ गते प्रदेश सभा बैठक स्थगित गरेका थिए । अधिकांस सांसदहरु बैठकमा सहभागी हुन हेटौँडा आईपुगेपछि संसद सचिवालयले बिशेष कारण देखाउँदै बैठक स्थगित भएको सूचना जारी गरेको थियो ।