रिद्धीसिद्धीले वातावरण प्रदुषित बनाएको भन्दै हेटौँडा उपमहानगरपालिकाको ध्यानाकर्षण

२० माघ, हेटौंडा । हेटौँडा १५ स्थित रिद्धी सिद्धी उद्योगले वातावरण प्रदुषित बनाएको भन्दै स्थानीयले हेटौँडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय बासिन्दाले हेटौँडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतलाई ज्ञापनपत्र बुझाएका हुन् । उद्योगले राती राती धुलो उडाउने गर्द स्थानीय बासिन्दाको स्वास्थय समस्यामा प्रतिकुल असर परेको उनीहरुको गुनासो छ । उद्योगकै कारण स्थानीयले लगाएको बालीनालीलाई समेत असर पु¥याएको छ । उद्योग प्रशासनलाई धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गर्दा समेत स्थानीयको कुरा सुनुवाई नभएको भन्दै यहाँका बासिन्दाले समस्या समाधानका लागि उपमहानगरपालिकालाई गुहारेका छन् । उद्योगले धुलो नियन्त्रण नगरे आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने यहाँका स्थानीयले चेतावनी दिएका छन् ।