हिमानी ट्रस्टद्वारा विद्यार्थीहरुलाई स्विटर र स्लिपिङ ब्याग वितरण

२१ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित त्रिभुवन मावीका विद्यार्थीहरुलाई बुधबार हिमानी ट्रस्टले स्विटर र स्लिपिङ ब्याग वितरण गरेको छ ।

हिमानी ट्रस्ट मकवानपुृरकी संयोजक सपना अधिकारीको टोलीले बुधबार विद्यालयमै पुगेर नर्सरी कक्षा देखी कक्षा ३ सम्मका ३५ जना विद्यार्थीहरुलाई न्यानो ज्याकेट र १० जनालाई स्लिपिङ ब्याग वितरण गरेको हो । दलित, चेपाङ, तामाङसहित विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयका ३५ जना विद्यार्थीलाई ज्याकेट र १० जनालाई स्लिपिङ व्याग वितरण गरिएको छ । विद्यालयमा १ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मकवानपुरको विकट क्षेत्रका विद्यार्थीलाई सहयोग सामग्री वितरण गर्ने काम लाई निरन्तरता दिईने हिमानी ट्रस्ट मकवानपुृरकी संयोजक सपना अधिकारीले बताउनुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।